मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था, २०८३ पुसभित्र कार्यान्वयन अनिवार्य

650
SHARES
निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था, २०८३ पुसभित्र कार्यान्वयन अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका फाइनान्स कम्पनीका लागि नयाँ प्रावधान लागू गरेको जनाएको छ ।

संशोधित व्यवस्थाअनुसार कुनै पनि खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेल वा अन्य उपयुक्त माध्यमबाट पूर्वसूचना दिनुपर्नेछ । साथै, निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन प्रत्येक छ महिनामा कम्तीमा एकपटक ग्राहकसँग सम्पर्क गरी खाता सक्रिय गर्न अनुरोध गर्नुपर्नेछ । यस्तो सम्पर्कको अभिलेख पनि सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले ग्राहकलाई देशभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत आफ्नो खाता बन्द गर्न सक्ने सुविधा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम ग्राहकले तोकेको आफ्नै अर्को बैंक खातामा स्थानान्तरण गरी खाता बन्द गरिदिनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, ग्राहकको पहिचान सुनिश्चित भएपछि नेपालभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्नुपर्नेछ । पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक वा शंकास्पद कारोबारको प्रभावकारी निगरानी गर्न आवश्यक प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २७, शनिबार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP