मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केप भर्डेको अर्को सनसनीपूर्ण नतिजा, उरुग्वेसँग पनि बराबरी

286
SHARES
केप भर्डेको अर्को सनसनीपूर्ण नतिजा, उरुग्वेसँग पनि बराबरी

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । अमेरिकाको मियामीमा सम्पन्न खेलमा दुवै टोलीले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए।

खेलको २१औँ मिनेटमा केभिन पिनाले आकर्षक फ्रिकिक गोल गर्दै केप भर्डेलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ४४औँ मिनेटमा म्याक्सी अराजोले बराबरी गोल गरे भने इन्जुरी समयमा अगस्टिनले गोल थप्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

तर दोस्रो हाफमा केप भर्डेले उत्कृष्ट पुनरागमन गर्‍यो । ६१औँ मिनेटमा उरुग्वेका रक्षक र गोलकिपरबीचको समन्वय अभावको फाइदा उठाउँदै हेलियो भारेलाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।

उरुग्वेले बल नियन्त्रण र प्रहारको संख्यामा स्पष्ट रूपमा दबाब बनाए पनि जित निकाल्न असफल रह्यो । यस नतिजापछि उरुग्वे र केप भर्डेको समान २ खेलबाट २–२ अंक भएको छ । समूहको शीर्ष स्थानमा ४ अंकसहित स्पेन रहेको छ भने साउदी अरेबियाको खातामा १ अंक छ ।

बेल्जियम र इरानबीच गोलरहित प्रतिस्पर्धा
समूह ‘जी’ अन्तर्गत बेल्जियम र इरानबीचको खेल ०–० को बराबरीमा सकिएको छ । लगातार दोस्रो खेलमा पनि दुवै टोलीले बराबरी खेलेपछि जितको खाता खोल्न सकेनन् ।

खेलको २७औँ मिनेटमा इरानले गोल गरे पनि भिडियो समीक्षा पछि अफसाइड ठहर गर्दै त्यसलाई मान्यता दिइएन । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् ।

बेल्जियमले ६७औँ मिनेटमा ठूलो झट्का बेहोर्नुपर्‍यो । डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । संख्यात्मक रूपमा कमजोर बनेपछि बेल्जियम रक्षात्मक रणनीतिमा केन्द्रित रह्यो र इरानलाई गोल गर्नबाट रोक्न सफल भयो ।

यस बराबरीसँगै दुवै टोलीले दोस्रो खेलबाट पनि एक–एक अंक थपेका छन् । बेल्जियमले पहिलो खेलमा इजिप्टसँग १–१ को बराबरी खेलेको थियो भने इरानले न्युजिल्यान्डसँग २–२ को नतिजा निकालेको थियो ।

विश्व वरीयतामा बेल्जियम नवौँ र इरान २१औँ स्थानमा रहे पनि मैदानमा भने दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ८, सोमबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP