मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरधाममा वडाध्यक्षको हत्या: प्रहरी जवान पक्राउ

2.5K
SHARES
जनकपुरधाममा वडाध्यक्षको हत्या: प्रहरी जवान पक्राउ

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या प्रकरणमा प्रहरी जवान शम्भु यादवलाई पक्राउ गरिएको छ ।

भोज खाने क्रममा उत्पन्न विवादपछि प्रहरी जवान यादवले वडाध्यक्षमाथि गोली हानेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिएका छन् । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् र उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

मृतक वडाध्यक्षको शव परीक्षणका लागि अस्पतालमा ल्याइएको छ । गोली चलाउने शम्भु यादव धनुषा प्रहरीमै कार्यरत रहेको पुष्टि भएको छ । डीएसपी बमका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP