मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोटेश्वरमा सहायक हवल्दारको हत्याः क्रिकेट सिक्दै गरेका भण्डारी ‘मुख्य अभियुक्त’का रूपमा पक्राउ

2.1K
SHARES
कोटेश्वरमा सहायक हवल्दारको हत्याः क्रिकेट सिक्दै गरेका भण्डारी ‘मुख्य अभियुक्त’का रूपमा पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्या क्रिकेट सिक्दै गरेका युवकबाट गरिएको खुलासा भएको छ ।

हत्या आरोपमा पक्राउ परेका १९ वर्षीय अनुपम भण्डारीले भारतको बैंगलोरमा दुई हप्ता क्रिकेट तालिम लिएर फर्किएको र काठमाडौंको शान्तिनगरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा सिकाइ जारी रहेको बताएका छन् । कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

अनुसन्धानका क्रममा भण्डारीले जेन–जी आन्दोलनको अघिल्लो दिन गोली लागेर आफ्ना चिनेका विद्यार्थीको मृत्यु भएपछि आफू अत्यन्त रिसाएको बयान दिएका छन् । त्यसै आक्रोशको कारण २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि चक्कु प्रहार गरेको उनले स्विकारेका छन् ।

भण्डारीका अनुसार प्रहरीमाथि प्रहार गरेपछि केही व्यक्तिहरूले सहायक हवल्दार गुरुङलाई घिसार्दै लगेको र त्यस क्रममा उनी घटनास्थलबाट भागेको थिए । प्रहरीले भिडिओ फुटेजका आधारमा उनको पहिचान गरी पक्राउ गरेको हो । घटनाका बेला लगाएको कपडा समेत उनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनामा एक प्रहरीको मृत्यु र अन्य केही घाइते भएका थिए । यसका लागि काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको छ ।

कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङ नौ महिनाअघि आमा गुमाएर पुनः परिवारको एकमात्र सहारा बनेका थिए । उनको श्रीमती, ७ महिनाको छोरा र ६० वर्षका बाबु अहिले कास्कीमै बसोबास गर्छन् ।

२४ भदौको आन्दोलनको दिन नयाँ बानेश्वर नजिकैको कोटेश्वर प्रहरी प्रभाग आन्दोलनकारीको निशानामा परेको थियो । आगजनी र तोडफोडबीच भाग्ने क्रममा गुरुङलाई धारिलो हतियारले आक्रमण गरिएको थियो ।

त्यो दिनको घटनामा कोटेश्वर प्रभागका ५९ प्रहरीमध्ये १३ जना घाइते भएका थिए । आन्दोलनकारीले प्रहरी बर्दी जलाएका, हतियार लुटेका र कार्यालयमा आगजनी गरेका थिए ।

जेन–जी आन्दोलनको क्रममा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ०७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP