मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुरक्षा अपडेटः सेनाको कारबाहीमा २ को मृत्यु, ९४ हतियार बरामद

2.5K
SHARES
सुरक्षा अपडेटः सेनाको कारबाहीमा २ को मृत्यु, ९४ हतियार बरामद

काठमाडौं । नेपाली सेनाले देशभरका पछिल्ला सुरक्षासम्बन्धी घटनाक्रमबारे बिहीबार विवरण सार्वजनिक गरेको छ ।

सेनाका अनुसार रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै झडप गरेपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाएको जनाएको छ । उक्त घटनामा १२ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा–९, नयाँबस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले सुरक्षित रूपमा नष्ट गरेको जानकारी दिएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदी नियन्त्रणमा लिइिएका छन् । तीमध्ये भारततर्फ भागिरहेका ७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको हो ।

एक जनालाई स्थानीय नागरिकहरूले समातेर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदी आफैं फर्केर कारागारमा उपस्थित भएका छन् ।

सेनाका अनुसार हालसम्म विभिन्न स्थानबाट ९४ नाल हतियार बरामद गरिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०९:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP