मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वैदेशिक रोजगारको निहुँमा ठगी, चार जना पक्राउ

3.7K
SHARES
वैदेशिक रोजगारको निहुँमा ठगी, चार जना पक्राउ

काठमाडौं । विदेशमा रोजगारीको झुटो आश्वासन दिँदै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङजाका ६० वर्षीय लक्ष्मण चापागाईँ, सप्तरीका ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोकका २० वर्षीय बाल सुन्दर भारती र २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । सबै आरोपीहरू हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले आकर्षक तलब र सुविधा देखाएर बेरोजगार युवायुवतीलाई विभिन्न देशमा रोजगारीको झुटो सपना देखाउँदै रकम उठाएका थिए । लक्ष्मण चापागाईँले युके पठाउने भन्दै ५ लाख, अशोक मण्डलले मलेसिया पठाउने भन्दै ६ लाख, बाल सुन्दर भारतीले पोर्चुगलका लागि ३ लाख र चण्डिका उप्रेतीले न्यूजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ लिएको आरोप छ ।

पीडितहरूका उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २८, बुधबार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP