मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रीमतीको हत्यापछि फरार अभियुक्त तीन वर्षपछि पक्राउ

1.7K
SHARES
श्रीमतीको हत्यापछि फरार अभियुक्त तीन वर्षपछि पक्राउ

रौतहट । तीन वर्षअघि श्रीमतीको हत्या गरेर फरार रहेका फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिका–४ मठिया टोलमा २०७८ माघ २६ गते गहुँको खेतमा चाँदनी खातुनको हत्या भएको घटनामा संलग्न रहेकामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार मृतक खातुनको शव घाँटीमा सल बेरेको र मुखमा सल कोचिएको अवस्थामा फेला परेको थियो । घटनापछि फरार रहेका उनका श्रीमान् मन्सुरीलाई प्रहरीले तीन वर्षपछि असार १३ गते नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १६, सोमबार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP