मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भनिमण्डलबाट ९१ लाख नगदसहित एक जना पक्राउ

3.8K
SHARES
भनिमण्डलबाट ९१ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं । ललितपुरको भनिमण्डल क्षेत्रबाट स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष प्रहरी टोलीले सिन्धुली स्थायी घर भएका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार स्याङ्तानको साथबाट ठूलो मात्रामा नगदसहित पैसा गन्ने मेसिन र करिब १ किलो ४ सय ग्राम गाँजा समेत बरामद गरिएको छ ।

उक्त कार्यवाहीबारे जानकारी दिँदै उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा एआईजी टेकबहादुर तामाङले स्रोत नखुलेको रकम र लागूपदार्थ फेला परेको पुष्टि गरेका छन् ।

सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित गरिएको र हाल स्याङ्तानविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त रकमको स्रोत र उद्देश्यबारे अझै केही खुल्न नसकेको बताएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार १४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP