मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रंगेलीमा लागुऔषध कारोबारमा संलग्न ३ जना पक्राउ, ४२५ ग्राम ब्राउन सुगर बरामद

2.9K
SHARES
रंगेलीमा लागुऔषध कारोबारमा संलग्न ३ जना पक्राउ, ४२५ ग्राम ब्राउन सुगर बरामद

विराटनगर । मोरङको रंगेलीमा प्रहरीले आइतबार दिउँसो विशेष सुराकीका आधारमा अपरेशन चलाउँदै लागुऔषध कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणको क्रममा प्रहरीले १ राउन्ड हवाइ फायरसमेत गर्नुपरेको थियो ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरूको साथबाट ४२५ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको छ । उनले भनिन्, ‘सुरक्षाका लागि एक राउन्ड हवाइ फायर गरेर तीन जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट लागुऔषध जस्तो देखिने वस्तु फेला परेको छ । अहिले पनि अनुसन्धान जारी छ ।’

घटनास्थलमा काठमाडौंस्थित लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीसमेत खटिएको थियो । ब्यूरोले पहिले नै कारोबार भइरहेको सूचनाका आधारमा स्थानीय प्रहरीसँग समन्वय गर्दै रंगेलीमा निगरानी बढाएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार १२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP