मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौंबाट पक्राउ

2.9K
SHARES
६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौंबाट पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहँदै फरार रहेकी अमला रोका काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रोका लामो समयदेखि फरार सूचीमा थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत ‘डिफ्यूजन नोटिस’ समेत जारी गरिएको थियो । नेपाल बाहिर लुकेर बसेको आशंकामा इन्टरपोल समन्वयबाट खोजी भइरहेको बेला उनी राजधानीमै लुकेर बसेको पत्ता लागेको हो ।

रोका २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार छलेर भित्रिएको ६१ किलो सुन तस्करी प्रकरणमा अभियुक्त रहेका बेल्जियम नागरिक दाबा छिरिङकी पत्नी हुन् । यो घटनामा संलग्न समूहले सुनलाई भन्सारको आँखा छल्दै मोटर पार्ट्सका नाममा विमानस्थलबाट बाहिर निकालेको थियो ।

राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेपछि अनुसन्धान अघि बढाइएको थियो । प्रारम्भिक अनुसन्धानबाट यो तस्करी प्रकरण एक अन्तर्राष्ट्रिय नेटवर्कसँग जोडिएको पुष्टि भइसकेको छ । विभिन्न चरणमा अनुसन्धान हुँदै जाँदा यसअघि नै केही प्रमुख योजनाकारहरू पक्राउ परिसकेका छन्, भने केही अझै फरार छन् ।

प्रहरीले रोका पक्राउपछि यो प्रकरणको थप कडी उजागर हुने विश्वास लिएको छ । उनकाे साथबाट अन्य व्यक्ति वा संस्थासँगको संलग्नता, सम्पत्ति स्रोत तथा तस्करीमार्फत संचित आर्थिक कारोबारसमेत छानबिन गरिने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP