मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: फराकिलो जित पाकिस्तान सुपर–८ मा

1.8K
SHARES
टी–२० विश्वकप: फराकिलो जित पाकिस्तान सुपर–८ मा

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को निर्णायक खेलमा नामिबियालाई १०२ रनले पराजित गर्दै सुपर–८ चरणमा स्थान सुरक्षित गरेको छ । बुधबार कोलम्बोमा सम्पन्न खेलमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । टोलीका ओपनर साहिबजादा फरहानले अविजित शतक प्रहार गर्दै टोलीलाई बलियो योगफल दिलाए । उनले ५८ बलमा ११ चौका र ४ छक्कासहित १०० रन बनाए ।

त्यसैगरी सलमान आघाले २३ बलमा ३८ रन बनाए भने शादाब खानले २२ बलमा ३६ रनको योगदान दिए ।

२०० रनको लक्ष्य पछ्याएको नामिबिया १७.३ ओभरमा ९७ रनमै समेटियो । नामिबियाका लुरेन स्टिनक्याम्पले २३ तथा अलेक्जेन्डर भोल्स्चेन्कले २० रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् ।

पाकिस्तानको जितमा बलिङतर्फ उस्मान तारिकले चार विकेट लिएर महत्वपूर्ण भूमिका खेले । जितसँगै पाकिस्तान समूह चरण पार गर्दै सुपर–८ मा प्रवेश गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP