मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छैठौं शुभकामना भेट्रान्स दौड सम्पन्न, विभिन्न उमेर समूहका धावक सम्मानित

2.4K
SHARES
छैठौं शुभकामना भेट्रान्स दौड सम्पन्न, विभिन्न उमेर समूहका धावक सम्मानित

काठमाडौं । छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुनः रंगशालामा आएर समाप्त भएको हो ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विभिन्न उमेर समूहका १३० धावकले सहभागिता जनाएका थिए ।

५० वर्ष माथिको पुरुषतर्फ जापानका मिजुकी मात्सुजुकी विजेता बने भने नेपालका राजेश महर्जन दोस्रो र रामकुमार रायमाझी तेस्रो भए ।

३५ वर्ष माथि पुरुषतर्फ दिनेश महर्जन प्रथम, सुनिल महर्जन दोस्रो र नवराज कार्की तेस्रो भए । खुला पुरुषतर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ ३५ वर्ष माथि उमेर समूहमा कल्पना महर्जन प्रथम, चारु अर्याल दोस्रो र उर्मिला शाक्य तेस्रो भए। ६५ वर्ष माथि पुरुषतर्फ जापानका नोरी हिकोवातान्ने विजयी भए भने नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो भए । त्यसैगरी ७० वर्ष माथि पुरुष समूहमा मंगलदास तण्डुकार पहिलो र गजेन्द्र लाल प्रधान दोस्रो भए ।

विजयी खेलाडीलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार वितरण गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP