मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला युरो कपः पेनाल्टीमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा

2.9K
SHARES
महिला युरो कपः पेनाल्टीमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं । महिला युरो कप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

खेलको १३औँ मिनेटमै जर्मनी १० खेलाडीमा सीमित भएको थियो । क्याथरिन हेन्डरिचले पेनाल्टी क्षेत्रभित्र जर्ज एम बक्सलाई तानेपछि उनी सीधा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् ।

पेनाल्टीमा फ्रान्सकी ग्रेस गायरोले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर, २५औँ मिनेटमा जर्मनीका लागि जोयके नुस्केनले बराबरी गोल फर्काइन् ।

पेनाल्टी सुटआउटमा जर्मनीकी गोलरक्षक आन काटनिर बर्गर निर्णायक बनिन् । उनले फ्रान्सकी अमाल बाज्री र एलाई सोमबाथको प्रहार सफलतापूर्वक रोक्दै जर्मनीलाई ६–५ को जित दिलाइन् ।

फ्रान्सले कुल ७ प्रहार गरे पनि दुई प्रहार गोलरक्षकले बचाएपछि पराजित हुन पुग्यो । जर्मनीले आफ्नो ६ प्रयासमा गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०५:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP