मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ यू–२० महिला च्याम्पियनसिपः आज नेपाल र भुटानबीच दोस्रो भिडन्त

2.4K
SHARES
साफ यू–२० महिला च्याम्पियनसिपः आज नेपाल र भुटानबीच दोस्रो भिडन्त

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा नेपाल र भुटानबीचको यो दोस्रो मुठभेड हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको सुरुआत गत शुक्रबार भुटानमाथि ६–१ को प्रभावशाली जितसहित गरेको थियो । त्यसपछि आइतबार घरेलु टोली बंगलादेशसँग ३–२ को रोमाञ्चक हार बेहोर्नुपरेको थियो ।

नेपालले श्रीलंकासँग खेलेका तेस्रो र चौथो खेलमा भने समान ७–० गोलअन्तरले सहज जित निकालेको थियो ।

भुटानले हालसम्मको यात्रामा तीन खेलमा दुई हार र एक जित व्यहोरेको छ । उसले नेपालसँग पराजयपछि बंगलादेशसँग पनि दुई खेलमा हार बेहोरेको छ भने श्रीलंकालाई हराउन भने सफल भएको छ ।

अंकतालिकामा बंगलादेश चारै खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ९ अंक जोडेर दोस्रो स्थानमा छ भने भुटान ३ अंकसहित तेस्रो स्थानमा छ ।

चार टोली सहभागी प्रतियोगिता लिग प्रणालीमा सञ्चालन भइरहेको छ, जसमा सबै टोली एक–अर्कासँग दुई पटक खेल्नेछन् । सबै खेल सकिएपछि सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन घोषित हुनेछ ।

नेपालले समूह चरणको अन्तिम खेल आउँदो सोमबार बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३, शनिबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP