मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सावित्रा भण्डारी अब वेलिंगटन फिनिक्समा

3K
SHARES
सावित्रा भण्डारी अब वेलिंगटन फिनिक्समा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अब न्यूजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छन् । उनले सन् २०२५–२६ सिजनका लागि वेलिंगटनसँग औपचारिक सम्झौता गरेकी हुन् ।

वेलिंगटन फिनिक्स अष्ट्रेलियाको महिला ‘ए’ लिग खेल्ने एक प्रतिष्ठित क्लब हो, जसले न्यूजिल्याण्डमा आधारित भए पनि अष्ट्रेलियाको शीर्ष स्तरीय लिगमा प्रतिस्पर्धा गर्छ । साम्बाको अनुबन्धसँगै क्लबले दक्षिण एसियाबाट पहिलोपटक नेपाली खेलाडीलाई अवसर दिएको छ ।

साम्बाले पछिल्ला केही वर्ष युरोपेली फुटबलमा बिताएकी थिइन् । उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबमा दुई सिजन बिताएकी थिइन्, जहाँ उनले आक्रामक फर्वार्डको भूमिकामा आफूलाई प्रमाणित गरिन् । त्यसअघि, उनले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन् । इजरायलमा बिताएको समय नेपाली महिला फुटबलका लागि ऐतिहासिक थियो, जसले उनलाई अन्तर्राष्ट्रिय फुटबलमा चिनायो ।

वेलिंगटनमा साम्बाको अनुबन्धलाई नेपाली फुटबलको एक ठूलो फड्कोका रूपमा हेरिएको छ । नेपाली महिला खेलाडीले यति ठूला लिगमा स्थान पाउनु नै दुर्लभ घटना हो ।

उनको अनुबन्धसँगै नेपाली फुटबलप्रेमीहरूमा पनि नयाँ आशा जागेको छ कि अब नेपाली खेलाडीहरू विश्व फुटबलमा अझै फराकिलो ढोका खोल्न सक्नेछन् । साम्बाकै प्रेरणाले नेपाली महिला खेलाडीहरूको भविष्य थप उज्यालो हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP