मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको कदर

1.8K
SHARES
साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको कदर

लमजुङ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई मर्स्याङ्दी गाउँपालिकाले औपचारिक रूपमा सम्मान गरेको छ ।

गृहपालिका मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेमा आयोजित ‘सम्मान तथा अन्तरक्रिया कार्यक्रम’मा गाउँपालिकाले भण्डारीलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरेको हो । पालिकाका अध्यक्ष अर्जुन गुरुङले उनलाई सम्मान गर्दै खेलकुद क्षेत्रमा साम्बा जस्ता प्रतिभा उत्पादनका लागि पालिका प्रतिवद्ध रहेको बताए ।

सम्मानपछि प्रतिक्रिया दिँदै भण्डारीले आफ्नै गाउँपालिकाबाट यस्तो सम्मान पाउनु गौरवको विषय भएको बताइन् । उनले भनिन्, “यसले अझ राम्रो खेल्न र देशलाई प्रतिनिधित्व गर्न थप प्रेरणा दिएको छ ।”

मर्स्याङ्दी गाउँपालिकाले सावित्राको योगदानको कदर गर्दै गाउँपालिका–९ को ‘खुदीपुल वारी’ क्षेत्रलाई ‘साम्बा चोक’ नामकरणसमेत गरिसकेको छ ।

हाल भण्डारी सशस्त्र प्रहरी बल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीको फरवार्ड खेलाडीका रूपमा सक्रिय छन् । फुटबल मैदानमा अग्रपंक्तिमा खेल्ने भण्डारी नेपाली महिला फुटबलमा ‘साम्बा’ को नामले चिनिन्छिन् ।

हालै उनले आगामी दुई सिजनका लागि न्यूजील्याण्डको ‘वेलिङटन फोनिक्स’ क्लबसँग सम्झौता गरेकी छन् । अब उनी अस्ट्रेलियामा आयोजना हुने निन्जा ए–लिगमा सहभागी हुनेछिन् । यसअघि उनले युरोपको फ्रेन्च क्लब ‘एन अभेन्ट गुइनगाम्प’ बाट पनि खेलेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP