मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

689
SHARES
प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठक सूचना प्रकाशित गरी मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

महासचिव पाण्डेयद्वारा जारी सूचनाअनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक जेठ २६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन् ।

सोमबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता लिन वा सच्याउनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको केही भूभाग मिचेको उल्लेख गरेका थिए । उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् ।

विरोधका कारण सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर त्यसपछि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक पुनः सञ्चालन हुन सकेन । अन्ततः महासचिव पाण्डेयले सूचना जारी गर्दै बैठक मंगलबारसम्मका लागि स्थगित भएको जानकारी गराए ।

गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको वर्तमान संसद्को कार्यकालमा सूचना टाँसेर बैठक स्थगित गरिएको यो पहिलो घटना हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार १०:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP