मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संसदका दुवै सदनको बैठक बस्दै, महत्त्वपूर्ण प्रतिवेदन र विधेयक प्रस्तुत हुने

754
SHARES
संघीय संसदका दुवै सदनको बैठक बस्दै, महत्त्वपूर्ण प्रतिवेदन र विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सिंहदरबारमा आयोजना हुनेछ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ प्रस्तुत गरिने सम्भावना रहेको छ। साथै अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ सदनमा प्रस्ताव गर्ने कार्यसूची तय गरिएको छ ।

उक्त विधेयक अघि बढाउनुअघि अर्थमन्त्रीले त्यसलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि राख्ने कार्यक्रम रहेको छ । यससँगै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र सदनमा वाचन गरेर जानकारी गराउनेछन् ।

यसैबीच राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजे बस्नेछ । उक्त बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

आजका बैठकहरूमा महत्वपूर्ण प्रतिवेदन र विधेयक प्रस्तुत हुने भएकाले संसद्को गतिविधि निकै महत्वपूर्ण रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २५, बुधबार ०१:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP