मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

1.1K
SHARES
मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशका पहाडी र हिमाली भू(भागमा आंशिक बदली छ ।

तराई क्षेत्रका केही स्थानमा बिहानको समयमा तुवाँलो देखिएको छ । विशेषगरी गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको जानकारी दिइएको छ ।

बिहान पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागमा सामान्य बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्र तथा अन्य हिमाली भू(भागमा आंशिक बदलीको अवस्था रहनेछ । बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

यस्तै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १८, सोमबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP