मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन राजमार्गको भैंसे—सिमभञ्ज्याङ खण्ड पहिरोले ठप्प

1.5K
SHARES
त्रिभुवन राजमार्गको भैंसे—सिमभञ्ज्याङ खण्ड पहिरोले ठप्प

मकवानपुर । लगातारको वर्षासँगै आएको पहिरोले शनिबार बिहानैदेखि त्रिभुवन राजमार्ग अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडक खण्डमा पहिरोसँगै ठूला ढुङ्गा र रुख खस्दा सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सडक अबरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट प्रहरी टोली खटिई सडक डिभिजन कार्यालयसँग समन्वयमा खुलाउन काम गरिरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार पहिरोमा ठूल्ठूला ढुङ्गा रुखसहित सडकमा आएकाले दुईवटा डोजर प्रयोग गर्दा पनि हटाउन नसकिएकाले अब ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

‘ढुङ्गा फुटाउन ब्रेकर लिएर पठाउने तयारी भइरहेको छ, सडक खुलाउन समय लाग्न सक्छ,’ अर्यालले भने । पहिरो परेको स्थान भैंसे प्रहरी चौकीबाट करिब २२ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP