मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

1.3K
SHARES
प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं । सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

यसअघि निर्वाचन आयोगले चुनावको तयारी र मतदानलाई सहज बनाउन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार मन्त्रिपरिषद्ले तीन दिन बिदा स्वीकृत गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ । निर्वाचनका कारण औपचारिक रूपमा तीन दिन बिदा भए पनि अन्य पर्व तथा अवसरका कारण यसपटक झन्डै एक सातासम्म सार्वजनिक बिदाको अवस्था सिर्जना हुने भएको छ ।

फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ । त्यसपछि २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइने भएकाले निर्वाचन आसपासको अवधि लामो बिदामा परिणत हुने देखिएको छ ।

यसरी निर्वाचनको समयावधिमा देशभर झन्डै एक साता सार्वजनिक बिदा हुने अवस्था बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार १५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP