मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणतन्त्र दिवसमा चार पत्रकार सम्मानित, जनही ५० हजार पुरस्कार

312
SHARES
गणतन्त्र दिवसमा चार पत्रकार सम्मानित, जनही ५० हजार पुरस्कार

मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर विभिन्न विधामा योगदान पुर्‍याएका चार पत्रकारलाई सम्मान गरेको छ । शुक्रबार हेटौँडामा आयोजित विशेष समारोहमा उनीहरूलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश सरकारले विकास पत्रकारिता पुरस्कार नेपालखबरकी बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई प्रदान गरेको छ । त्यस्तै खोज पत्रकारिता पुरस्कार नयाँ पत्रिकाका पोष्टराज अधिकारी, सुशासन पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठ तथा संस्थागत पत्रकारिता पुरस्कार ललितपुरका रामहरी कार्कीलाई प्रदान गरिएको हो ।

सम्मानित पत्रकारहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको प्रदेश सरकारले जनाएको छ । पत्रकारितामार्फत गणतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन, विकास निर्माण तथा नागरिकमा सूचना प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा गणतन्त्र दिवसको अवसरमा आयोजित निबन्ध लेखन तथा खुला दौड प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP