मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झण्डा जलाउने र चरित्रहत्या प्रयासप्रति नेसनल भोलेन्टियर फोर्सको आपत्ति

1.4K
SHARES
झण्डा जलाउने र चरित्रहत्या प्रयासप्रति नेसनल भोलेन्टियर फोर्सको आपत्ति

काठमाडौं । नेशनल भोलेन्टियर्स फोर्सले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलमाथि लक्षित गरिएका अराजक गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।

केन्द्रीय कार्यालय, काठमाडौंबाट २०८२ फागुन ५ गते जारी विज्ञप्तिमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएकाले राजनीतिक दल खोल्ने, विचार राख्ने र लोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गरिएको छ । तर लोकतन्त्रको नाममा अराजकता मच्चाउने, अन्य दलको मानमर्दन गर्ने, उच्च नेतृत्वमाथि आधारहीन आरोप लगाउने तथा गालीगलौज र चरित्रहत्या गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने संगठनले जनाएको छ ।

विज्ञप्तिअनुसार हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गरिनुपर्ने उल्लेख गर्दै आगजनी, उत्तेजना फैलाउने र द्वेष भड्काउने गतिविधि लोकतान्त्रिक संस्कारविपरीत भएको ठहर गरेको छ । यस्ता कार्यले राजनीतिक संस्कृतिलाई मात्र नभई सामाजिक सद्भावसमेत बिगार्ने खतरा रहने चेतावनी दिइएको छ ।

घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रलाई आग्रह गर्दै यदि यस्ता गतिविधिप्रति राज्य मौन बसेमा कानुनप्रति जनविश्वास कमजोर बन्ने दाबी गरिएको छ ।

प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिको अन्त्यमा संगठनले राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षा गर्न अराजक तत्वविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ८, शुक्रबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP