मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकताका साथ पार्टी अघि बढाउने ओलीको आह्वान

2K
SHARES
एकताका साथ पार्टी अघि बढाउने ओलीको आह्वान

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकताको भावना सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सामूहिक रूपमा अघि बढ्न आग्रह गरे ।

अध्यक्ष ओलीले पार्टीभित्र कहिलेकाहीँ देखिने समस्याप्रति संकेत गर्दै आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । “हाम्रो एक आवाज हुनुपर्छ,” उनले भने, “विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीतिअनुसार एक स्वरमा अघि बढ्नेछौँ ।”

उनले पार्टीको कदमलाई अनुशासित र तालमेलयुक्त बनाउन आर्मीको परेडसँग तुलना गर्दै सबै नेताकार्यकर्ता एउटै तालमा अघि बढ्नुपर्ने धारणा राखे । “हात पनि बराबर हल्लिने, खुट्टा पनि बराबर चल्ने गरी ताल मिलाएर अघि बढ्नुपर्छ,” ओलीको भनाइ थियो ।

बैठकमा अध्यक्ष ओलीले टोल–टोलमा सुरक्षा समिति गठन गरी आम जनताको सुरक्षामा सक्रिय भूमिका खेल्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP