मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केन्द्रीय कारागारबाट फरार कैदी मकवानपुरमा पक्राउ

1.9K
SHARES
केन्द्रीय कारागारबाट फरार कैदी मकवानपुरमा पक्राउ

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनको भीडभाड र तनावपूर्ण परिस्थितिको बीच सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई लामो खोजीपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको निरन्तर निगरानी र सूचनाको आधारमा पालुङस्थित इलाका प्रहरी कार्यालयको टोलीले थाहा नगरपालिका–९ बस्नेत टोलका ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भीमफेदी कारागारमा पुनः पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस्नेत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भीडको लाभ उठाउँदै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । उनको खोजीमा प्रहरी प्रशासनले विशेष निगरानी राख्दै सुराकी संकलन गर्दै आएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ४, बिहीबार ०५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP