मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

2.2K
SHARES
जेन–जी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन् ।

मन्त्री खरेलका अनुसार काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनका क्रममा ज्यान गुमाउने ती व्यक्तिहरूको सूची गृह मन्त्रालय र सरोकारवाला निकायहरूको संयुक्त अध्ययनपछि तयार गरिएको हो । उनले भने, “हालसम्म ४५ जनालाई शहीदको सूचीमा राखिएको छ । बाँकी घटनाबारे थप अध्ययन र प्रमाण संकलन जारी छ ।”

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ लाई स्वीकृत गरेको छ । सोसँगै सरकारले हालै विपद् संकटग्रस्त जिल्ला घोषित इलामका स्थानीय तहहरूलाई सहयोग पुर्‍याउनका लागि ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद्ले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारले जेन–जी आन्दोलनका क्रममा मारिएका नागरिकहरूलाई शहीदको मान्यता दिएपछि सम्बन्धित परिवारलाई राज्यको संरक्षणमा ल्याउने तयारी पनि गरिरहेको प्रवक्ता खरेलले जानकारी दिए । उनका अनुसार शहीद परिवारका लागि विशेष राहत र पुनर्स्थापनाको व्यवस्था गर्ने गृह मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP