मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षा, बाढी र पहिरोले देशका १० सडक अवरुद्ध

2.2K
SHARES
वर्षा, बाढी र पहिरोले देशका १० सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख १० सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ८ः३० बजे उपलब्ध गराएको जानकारीअनुसार, विभिन्न राजमार्ग र कोरिडोरहरूमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा आंशिक रूपमा सवारी सञ्चालन भइरहेको छ ।

प्रहरीका अनुसार कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, नेपाल–चीन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक, मध्यपहाडी लोकमार्ग, जोमसोम–कोरोला सडक, र बेनी–दरवाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन् । ती सडकमा ठूलो परिमाणमा पहिरो खसेका कारण सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था बनेको हो ।

यस्तै, सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले सडक सतह चिप्लो बनेको र ठाउँ–ठाउँमा साना पहिरा खसेका कारण यातायात सुचारु गर्न कठिनाइ भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार सडक अवरोध भएका स्थानहरूमा डोजर र सडक विभागका प्राविधिक टोलीहरू परिचालन गरिएका छन् । स्थानीय प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ भने अनावश्यक यात्राबाट टाढा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP