मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा र्‍याली, धर्ना र प्रदर्शनमा प्रतिबन्ध

1.7K
SHARES
काठमाडौंमा र्‍याली, धर्ना र प्रदर्शनमा प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा र्‍याली, धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरेको छ ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले शनिबार तीनकुनेबाट शक्ति प्रदर्शनसहित मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी गरेको थियो । साथै, सोही दिन अन्य केही समूहले पनि र्‍यालीका लागि स्वीकृति मागेको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले हस्ताक्षर गरेको सूचनामा भदौ २३ पछिको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको सन्दर्भ दिँदै शान्ति सुरक्षालाई प्रमुख आधार मानेर कुनै पनि समूहलाई कार्यक्रम चलाउन स्वीकृति नदिइने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।”

 



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP