मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: न्यूजिल्याण्ड सुपर–८ मा, क्यानाडा आउट

923
SHARES
टी–२० विश्वकप: न्यूजिल्याण्ड सुपर–८ मा, क्यानाडा आउट

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत ३१औँ खेलमा न्यूजिल्याण्डले क्यानाडालाई ८ विकेटले पराजित गर्दै सुपर–८ चरणमा स्थान सुरक्षित गरेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्डले १५।१ ओभरमै २ विकेट गुमाउँदै सहज जित निकाल्यो ।

न्यूजील्याण्डको जितमा ग्लेन फिलिप्स र रचिन रवीन्द्र चम्किए । फिलिप्सले ३६ बलमा अविजित ७६ रन बनाउनुका साथै फिल्डिङमा तीन क्याचसमेत लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए । रचिनले ३९ बलमा अविजित ५९ रनको योगदान दिए ।

क्यानाडाका लागि साद बिन जफर र दिलोन हेलिगरले समान एक–एक विकेट लिए ।

समराको ऐतिहासिक शतक
क्यानाडाका युवा ब्याट्सम्यान युवराज समराले उत्कृष्ट शतकीय इनिङ्स खेले पनि टोली जितबाट भने वञ्चित रह्यो । उनले ६५ बलमा ११० रन बनाउँदै टी–२० विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा शतक बनाउने कीर्तिमान कायम गरे ।

१९ वर्षको उमेरमा उनले यो उपलब्धि हासिल गरेका हुन् । यसअघि पाकिस्तानका अहमद शहजादले सन् २०१४ मा २२ वर्ष १२७ दिनको उमेरमा बंगलादेशविरुद्ध शतक बनाएर उक्त कीर्तिमान बनाएका थिए ।

क्यानाडाका कप्तान दिलप्रीत बाजवाले ३६ रन जोड्दा युवराजसँग मिलेर पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए ।

न्यूजील्याण्डका म्याट हेनरी, ज्याकब डफी, काइल जेमिसन र जिमी नीशमले समान एक–एक विकेट लिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ५, मंगलवार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP