मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाधिवेशन तयारीमा जुट्यो रास्वपा, देशभर नेताहरू परिचालन (सूचीसहित)

598
SHARES
महाधिवेशन तयारीमा जुट्यो रास्वपा, देशभर नेताहरू परिचालन (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनलाई लक्षित गर्दै देशभरका संगठनात्मक गतिविधि तीव्र बनाएको छ । पार्टीले वडा, पालिका, जिल्ला र प्रदेश तहका भेला तथा अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई विभिन्न जिल्लामा खटाएको हो ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारीस्वरूप पार्टीले सबै तहका संरचनाको अधिवेशन तालिका सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा विभागमा रहेका नेताहरूलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिइएको छ । उनीहरूले स्थानीय तहमा भेला आयोजना गर्ने, तदर्थ समिति गठन गर्ने तथा अधिवेशन सम्पन्न गराउन समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।

रास्वपाका अनुसार तदर्थ समिति गठन हुन नसकेका वडाहरूमा जेठ २ गते भेला गरिएको थियो भने वैशाख २० गतेअघि समिति बनेका वडाको अधिवेशन जेठ ३ गते सम्पन्न भएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गते हुनेछ ।

पालिका तहको भेला जेठ ९ गते र पालिका अधिवेशन जेठ १० तथा १७ गते गर्ने कार्यतालिका तय गरिएको छ । जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुनेछ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भई असार १ गतेसम्म चल्नेछ ।

पार्टीले वडा र पालिकामा कम्तीमा ३० प्रतिशत अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

जिल्ला प्रतिनिधि छनोटमा अधिकांश सांसदलाई आफ्नै जिल्ला जिम्मा दिइएको छ । मन्त्रीहरूलाई भने महाधिवेशनसम्बन्धी जिम्मेवारीमा नखटाइएको रास्वपाले जनाएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, सचेतक क्रान्तिशिखा धिताललाई रोल्पा, प्रवक्ता मनिष झालाई धनुषा र सहप्रवक्ता रमेश प्रसाईंलाई ताप्लेजुङको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, पूर्व उपसभामुख इन्दिरा रानामगर र पूर्व सचेतक निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शनालाई काठमाडौंका लागि प्रतिनिधि तोकिएको छ ।

हेर्नुहोस् सूची



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP