मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसम, केही स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना

3.4K
SHARES
देशभर सामान्य मौसम, केही स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) को मौसम पूर्वानुमानअनुसार, देशका अधिकांश भागमा मौसम सफा रहनेछ । विशेषगरी पहाडी भूभागहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई तथा समथर भूभागहरूमा मौसम मुख्यतया खुला रहनेछ ।

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने फाटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्ता वर्षा हल्का र क्षणिक हुने अपेक्षा गरिएको छ ।

आज देशको मौसममा केही परिवर्तन देखिनेछ । विशेष गरी सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा हुन सक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।

आज रातिको समयमा देशभर मौसम सामान्यतया सफै रहने पूर्वानुमान गरिएको छ । कुनै उल्लेखनीय वर्षा वा हावाहुरीको सम्भावना देखिएको छैन ।

यात्रा गर्ने, कृषि कार्य गर्ने तथा हिमाली क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले मौसमको यस्ता परिवर्तनको पूर्व जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ४, मंगलवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP