मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका केही पश्चिमी भूभागमा बदली, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

3K
SHARES
देशका केही पश्चिमी भूभागमा बदली, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका पश्चिमी भूभागहरूमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रहरूमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भागमा सामान्य बदली रहेको छ । यस्तै, बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको जानकारी दिइएको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र देशका अन्य पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ । तराई र अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहनेछ । यिनै पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार ०१:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP