मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

3.4K
SHARES
मौसम पूर्वानुमानः कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहे पनि स्थानीय वायुले असर देखाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी क्षेत्रहरूमा सामान्य बदली छ भने बाँकी भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, अन्य प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ ।

विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ । यी प्रदेशहरूका साथै बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य भूभागमा एक–दुई स्थानमा वर्षा हुनसक्छ ।

कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP