मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्राधिकरणको निर्णयः डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उठाउने

1.5K
SHARES
प्राधिकरणको निर्णयः डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उठाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम उठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बक्यौता रकम उठाउने औपचारिक निर्णय गरेको हो । यसअघि उद्योगी–व्यवसायीहरूले शुल्क अस्वीकृत गर्न माग गर्दै प्रस्तुत गरेका दाबीहरू पुनरवलोकन समितिले नपुग्ने ठहर गरेपछि असुली प्रक्रियामा अघि बढ्ने बाटो खुलेको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्राधिकरणले यसलाई अनिवार्य राजस्व संकलनको रूपमा लिएको छ । उनका शब्दमा, “अब बक्यौता छुट्ने सम्भावना छैन, असुली नै हुनेछ ।”

अन्तरिम सरकार बनेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा वर्तमान मन्त्री कुलमान घिसिङले पनि यही नीति अघि सारेका छन् । प्राधिकरणमा फर्किएपछि उनले पहिलो निर्णयकै रूपमा बक्यौता रकम असुलीलाई प्राथमिकता दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP