मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

2.1K
SHARES
मौसम पूर्वानुमान: देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभर मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जनाएको अनुसार आज दिउँसो र रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १६, सोमबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP