मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनयुद्धको ऐतिहासिक तथ्य आत्मसात् गर्नुपर्ने प्रचण्डको आह्वान

1.4K
SHARES
जनयुद्धको ऐतिहासिक तथ्य आत्मसात् गर्नुपर्ने प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्नुपर्ने आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनका कारण यस वर्षको संविधान दिवस विशेष ढंगले मनाइरहेको बताए । उनले नयाँ राजनीतिक परिस्थितिमा संविधान दिवसले मौलिकता पाएको धारणा राखे ।

“हामी अहिले ११औँ संविधान दिवस मनाउँदैछौँ । जेनजी आन्दोलनबाट सिर्जित नयाँ राजनीतिक अवस्थाबीच संविधान दिवस मनाउनु नै यसको मौलिकता हो”, प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधानसभाबाट संविधान बनाउन पुग्न झन्डै ७० वर्ष लामो संघर्षको यात्रा तय गर्नुपरेको स्मरण गरे । त्यसक्रममा थुप्रै आन्दोलनहरू भएका उल्लेख गर्दै उनले जनयुद्धले दिएको योगदान आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान निर्माणलाई चुनौतीपूर्ण र जटिल कार्यका रूपमा चित्रण गर्दै, एकथरी शक्तिहरूले दलित, महिला, मधेसी, कर्णालीदेखि मेची–महाकालीसम्मको पहिचानसहितको संविधान बनाउन चाहनै नचाहेको आरोप लगाए ।

“ठूला दलहरूको अहङ्कारकै कारण अहिलेको अवस्था आएको हो”, उनले भने, “त्यसवेला संविधान घोषणा गर्नकै लागि मैले ठूला दलका नेतालाई प्रधानमन्त्री अफर गर्नुपरेको थियो । त्यो नगरेको भए के हुन्थ्यो भन्ने प्रश्न अहिले पनि मेरो दिमागमा घुमिरहेको छ ।”

प्रचण्डले आफूले चाहेजसरी संविधान बनाउन पाएको भए आज जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन दाबी गर्दै, संविधान निर्माण रोक्न ठूलो दबाब र धम्की भोग्नुपरेको पनि बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP