मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘पार्टी छोड्न यही मौका हो’ : अध्यक्ष राउत

4.1K
SHARES
‘पार्टी छोड्न यही मौका हो’ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै पार्टी छोड्न चाहनेहरूका लागि यो नै उपयुक्त मौका भएको बताएका छन् ।

राउतको यस्तो अभिव्यक्ति पार्टीभित्रैका ६ जना शीर्ष नेताहरूले उनलाई अध्यक्ष पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएपछि आएको हो । बुधबार सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसमा राउतले भनेका छन्, ूप्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने । यदि कसैलाई पार्टीमा उकुसमुकुस लागेको छ भने, यही मौका सदुपयोग गर्नुहोस् ।ू

उनको अभिव्यक्तिमा पार्टीभित्र असन्तुष्टि बोकेर बस्ने, अनुशासनहीन गतिविधि गर्ने र आन्तरिक रूपमा पार्टीलाई कमजोर बनाउनेहरूलाई लक्षित गरिएको देखिन्छ । साथै उनले पार्टीलाई ूस्वच्छ, वफादार, इमानदार र क्रियाशील सदस्यहरूको पार्टीू बनाउने अभियानमा साथ दिन आग्रह समेत गरेका छन् ।

यता, अध्यक्ष राउतविरुद्ध आक्रोशित नेताहरूको आरोप छ— पार्टी नेतृत्वमा पारदर्शिताको अभाव, जनभावनाविपरीत गतिविधि, निर्णय प्रक्रियामा कमजोरी र पार्टीको मूल विचारधाराबाट विचलन ।

अध्यक्ष राउतको राजीनामा माग गर्दै २४ घण्टे अल्टिमेटम दिने नेताहरूमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी तथा राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।

यो घटनाक्रमले जनमत पार्टीको आन्तरिक एकता र दीर्घकालीन भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार १४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP