मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढीपछिको उद्धार र पुनर्स्थापनाबारे प्रधानमन्त्री बालेनलाई कुलमानको सुझाव

429
SHARES
बाढीपछिको उद्धार र पुनर्स्थापनाबारे प्रधानमन्त्री बालेनलाई कुलमानको सुझाव

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल चाल्नुपर्ने कदमबारे सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएको हो ।

घिसिङका अनुसार विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर देखिएका तथा बुझिएका विषयलाई आधार बनाएर सरकारलाई लिखित र मौखिक रूपमा सुझाव दिइएको छ । विशेषगरी उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयमा टोलीले सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

भेटका क्रममा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारको विषयसमेत प्रमुख रूपमा उठेको थियो । प्रधानमन्त्री शाहले सुरुङमा फसेकाहरूको उद्धारका लागि अपनाउनुपर्ने उपायबारे घिसिङ नेतृत्वको टोलीसँग जानकारी लिएका थिए ।

घिसिङले सुरुङभित्र रहेका नागरिकको उद्धारका लागि आफूहरूले बुझेका विषय र तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

उनका अनुसार प्रधानमन्त्री शाहले उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । आवश्यक परे जुनसुकै स्रोतसाधन तथा जनशक्ति परिचालन गरेर भए पनि सुरुङमा फसेका नागरिकको उद्धारलाई अघि बढाउने प्रधानमन्त्रीको भनाइ रहेको घिसिङले जानकारी दिए ।

भेटपछि घिसिङले विपद्को वर्तमान अवस्थामा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै त्यसपछि राहत र प्रभावितको पुनर्स्थापनाका कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १८, बिहीबार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP