मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौरमा तनाव चर्किएपछि अनिश्चितकालीन कर्फ्यु

2K
SHARES
गौरमा तनाव चर्किएपछि अनिश्चितकालीन कर्फ्यु

रौतहट । सदरमुकाम गौरमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो ।

प्रशासनका अनुसार कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला बस्न, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ ।

कर्फ्यु पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्रलाई समेटेर जारी गरिएको हो ।

गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो । तर शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भई स्थिति फेरि बिग्रिएको हो ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी स्वयं उपस्थित भई सुरक्षा व्यवस्थापन गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ९, शनिबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP