मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विप्लव समूहले कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता समिति गठन

988
SHARES
विप्लव समूहले कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता समिति गठन

काठमाडौं । नेकपा (विप्लव) ले माओवादी केन्द्रसहित अन्य वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरणबारे छलफल अघि बढाउन तीन सदस्यीय वार्ता समिति बनाएको छ ।

भदौ २३ देखि २५ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा समिति गठन गरेको हो ।

वार्ता समितिमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी पनि रहेका छन् । बुढाथोकीका अनुसार, “माओवादी केन्द्रलगायत कम्युनिस्ट पार्टीहरूसँग एकता र ध्रुवीकरणबारे छलफल गर्ने उद्देश्यले प्रारम्भिक रूपमा यो टोली बनाइएको हो ।”

यसअघि, साउन १९ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि नेकपा (विप्लव) लगायतका वाम दलहरूसँग एकताबारे सकारात्मक निर्णय गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार १२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP