मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्वोच्च अदालतमा आगजनीः सबै डकुमेन्ट नष्ट, मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

1.5K
SHARES
सर्वोच्च अदालतमा आगजनीः सबै डकुमेन्ट नष्ट, मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । जेन जी पुस्ताको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनीले सम्पूर्ण कानुनी कागजात, सर्भर र इजलास जलेर नष्ट भएपछि अदालतका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारका अनुसार आगलागीका कारण मुद्दासम्बन्धी मिसिल, डिजिटल सर्भर र न्यायाधीशहरूको इजलास पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यसैले बुधबारका लागि तोकिएका सबै मुद्दाहरूको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नआएसम्मका लागि रोकिएको छ ।

अदालतको संरचना र अभिलेख प्रणालीमा गम्भीर क्षति पुगेकाले न्याय सम्पादन कार्य तत्काल सम्भव नभएको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP