मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर आज बदली, मधेश–कोशी लगायतका केही स्थानमा भारी वर्षाको सम्भावना

2.4K
SHARES
देशभर आज बदली, मधेश–कोशी लगायतका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन सक्रिय रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहँदा देशभर मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, बाँकी पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना छ ।

आज रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

त्यस्तै, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ ।

मौसम पूर्वामानुन महाशाखाले अत्यधिक वर्षाका कारण पहिरो, बाढी र डुबानको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छ । यात्रुहरू, किसान र नदी किनार आसपासका बासिन्दालाई विशेष ध्यान दिन सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP