मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लहानमा आमा र छोराको शव फेला, नौ महिनाको बच्चा गम्भीर अवस्थामा अस्पतालमा

3.1K
SHARES
लहानमा आमा र छोराको शव फेला, नौ महिनाको बच्चा गम्भीर अवस्थामा अस्पतालमा

सिरहा । लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा मृत अवस्थामा फेला परेका छन् भने अर्का नौ महिनाका बच्चा गम्भीर अवस्थामामा अस्पतालमा भर्ना गरिएको छ ।

लहान नगरपालिका–१२ भोटियाटोलका प्रवीण चौधरीकी श्रीमती २३ वर्षीया रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान डेरा गरिएको घरमा मृत अवस्थामा फेला परेका हुन् । उनीहरू मटियर्वामा डेरा लिएर बस्दै आएका थिए ।

साथै रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशंका गरिएको छ । डीएसपी राईले भने, ूशवको अवस्था हेर्दा विष सेवनपछि झुन्डिएर आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धानपछि मात्र यथार्थ खुल्नेछ ।ू

स्थानीय बासिन्दाका अनुसार घरमा केही दिनदेखि कुनै चहलपहल देखिएको थिएन । झ्याल खुल्ला देखिएपछि भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक रञ्जिताका श्रीमान् प्रवीण चौधरी पछिल्ला केही दिनदेखि डेरामा देखिएका थिएनन् । हालसम्म पनि उनी सम्पर्कमा आएका छैनन् ।

लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरा लिएर बस्दै आएका थिए । प्रवीण दैनिक मजदुरी गरेर परिवार पाल्थे ।

प्रहरीका अनुसार शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि नै भएको अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार १५:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP