मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

2.4K
SHARES
कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा पठाएको छ ।

सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेकी थिइन् । त्यसपछि रिक्त भएको सदस्य पदमा खतिवडालाई पठाइएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई सुनुवाइ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

संघीय निजामती विधेयकअन्तर्गत ‘कुलिङ पिरियड’ प्रकरणमा छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ११:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP