मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो

1.2K
SHARES
प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई अनुमति दिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनतर्फ प्रस्थान गर्न लागेको हो । विश्वकै ठुलो क्षेत्रीय सुरक्षा र आर्थिक संगठनमध्ये एक मानिने एससीओ सम्मेलनलाई नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउन महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली भदौ १८ गते स्वदेश फर्कनेछ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP