मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाँदरको आक्रमणले किसानको ज्यान गयो

1.3K
SHARES
बाँदरको आक्रमणले किसानको ज्यान गयो

नुवाकोट । नुवाकोटको पाँचकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय किसान गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट मृत्यु भएको छ ।

बुधबार बिहान घरआँगनमा पसेर मकै खान खोज्दै गरेका बाँदरलाई भगाउने क्रममा एक सयभन्दा बढीको झुण्डमा रहेका बाँदर अचानक आक्रामक बनेपछि उनीमाथि हमला गरेका थिए । एक्कासी भएको आक्रमणबाट उनी गम्भीर घाइते बनेको स्थानीयले बताएका छन् ।

घाइते अवस्थामा उनी बेहोस भएपछि स्थानीयले उद्धार गरी काठमाडौं पुर्‍याउने प्रयास गरे पनि बाटैमा उनको मृत्यु भएको वडा अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

बाँदरको आतंकका कारण किसानलाई खेतीपाती गर्नसमेत कठिन हुँदै गइरहेको कृषकहरूको गुनासो छ । स्थानीयले सरकार र सरोकार वाला निकायसँग बाँदरको आतंक नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन् ।

स्थानीय सरकारले पटक–पटक वन कार्यालयलाई बाँदर व्यवस्थापनका लागि अनुरोध गरे पनि अहिलेसम्म प्रभावकारी कदम नउठाइएको उनीहरूको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP