मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा पुरानो विरासत फर्काउने प्रयासमा नेकपा

4.6K
SHARES
ललितपुरमा पुरानो विरासत फर्काउने प्रयासमा नेकपा

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ललितपुरको समग्र चुनावी वातावरण अझै स्पष्ट रूपमा आँकलन गर्न कठिन देखिन्छ । यद्यपि, यही अन्योलको बीचमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई पुरानो प्रभावशाली अवस्थामा फर्काउने सम्भावना देखाएको विश्लेषण अगाडि आएको छ ।

पार्टीका एक केन्द्रीय नेताका अनुसार ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये ललितपुर–३ मा राजकाजी महर्जनको जित लगभग निश्चित जस्तै देखिएको छ । बाँकी दुई निर्वाचन क्षेत्रमा पनि पार्टीका उम्मेदवारहरूका लागि जितका आधार प्रशस्त रहेको धेरैको धारणा छ ।

ललितपुर–३ः ऐतिहासिक आधार र राजकाजीको प्रभाव
ललितपुर–३ कम्युनिस्ट आन्दोलनका लागि पुरानो र परिचित क्षेत्र हो । यस क्षेत्रलाई भूमिगत कालमै लीलामणि पोखरेलले सशक्त साङ्गठनिक आधार तयार गरेको मानिन्छ ।

पछिल्लो समय चुनावी रणनीतिमा कमजोरी देखिँदा नतिजा अपेक्षित नआए पनि ठेचो, ठैब र हरिसिद्धी ऐतिहासिक रूपमा कम्युनिस्ट पार्टीका सुरक्षित क्षेत्र मानिँदै आएका थिए । राजकाजी महर्जनको उम्मेदवारीसँगै यी क्षेत्रमा पुनः पार्टीको प्रभाव बढेको आँकलन गरिएको छ ।

ललितपुर–१ः माओवादी आधार र संगठनात्मक सक्रियता
ललितपुर–१ को सन्दर्भमा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सोमबार महाकाल गाउँपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ । महाकाललाई माओवादी आन्दोलनको उर्वर भूमि मानिन्छ ।

सो गाउँपालिकामा माओवादी केन्द्रबाट डोल्मा माया गोले उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले स्थानीय सरकारको नेतृत्व तहमा रहँदा गरेका कामका कारण अन्तर्राष्ट्रिय स्तरमा समेत पुरस्कार प्राप्त गरिसकेकी छन् । यही सशक्त संगठन र सुशासनको अभ्यासका कारण महाकाल नेपाली कम्युनिस्ट पार्टीका लागि सबैभन्दा उपयुक्त पालिकामध्ये एक मानिन्छ ।

कन्ज्योसोम र गोदावरीः पुरानै अवस्थामा फर्कने अपेक्षा
कन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रले २०७४ को स्थानीय निर्वाचनमा जित हात पारेको थियो । तर २०७९ मा पराजय बेहोरेपछि संगठन कमजोर देखिएको थियो । अहिले भने पार्टीले पुरानै अवस्थामा फर्कने विश्वास लिएको छ ।

यस्तै, बागमती प्रदेशको स्थानीय तहमा उपाध्यक्ष जितेको माओवादी केन्द्रले २०७९ को निर्वाचनमा गोदावरी नगरपालिकाको वडा ३ र ८ मा सफलता हासिल गरेको थियो ।

गोदावरी क्षेत्रः स्थानीय उम्मेदवारको फाइदा
गोदावरी नगरपालिकाका वडा १० र ११ मा गरी ११ हजारभन्दा बढी मतदाता छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनको जन्मघर वडा ११ हो भने हालको बसोबास वडा १३ मा रहेको छ । यसकारण वडा १०, ११ र १३ मा उनको प्रभाव रहने आँकलन गरिएको छ ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उदय समशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जन स्थानीय बासिन्दा नभएकाले पनि सुनिल महर्जनको पकड बलियो हुने अनुमान गरिएको छ ।

कांग्रेस र एमालेभित्रको असन्तुष्टि
नेपाली कांग्रेसले २०४८ देखि २०५६ सम्मका तीन संसदीय निर्वाचनमा सागर समशेर राणालाई उम्मेदवार बनाएको थियो । २०६४ यता भने लगातार उदय समशेर राणा नै उम्मेदवार रहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ ।

उता एमालेले अपेक्षित उम्मेदवार नवराज सिलवाललाई अघि नबढाई चेतनाथ सन्जेललाई उम्मेदवार बनाएपछि गोदावरी नगरपालिकाको एमाले वृत्तमा समेत निराशा छाएको छ । यही असन्तुष्टिले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP