मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख हटाउने प्रयास भए सडकमा उत्रने : रास्वपाको कडा चेतावनी

2.5K
SHARES
उपसभामुख हटाउने प्रयास भए सडकमा उत्रने : रास्वपाको कडा चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने कदम आए कडा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले रानामगरमाथि महाभियोग लगाउन सांसदबाट हस्ताक्षर सङ्कलन गरिरहेको चर्चा चलिरहेका बेला रास्वपा प्रवक्ता मनीष झाले यस्तो चेतावनी दिएका हुन् ।

उनले सामाजिक न्यायका लागि लड्दै आएकी एक जनजाति महिला नेतृलाई हटाउने खेल चले सदनमा होइन, सडकमा प्रतिवाद हुने बताए । ‘हस्ताक्षर संकलन हुँदैछ रे ! यस्तो नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ,’ उनले भने ।

झाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामाथि पद बेचबिखनमा लागेको आरोपसमेत लगाए । उनका अनुसार ‘परिवार र बिचौलियाको भरमा पद वितरण गर्दै आएका’ ओली–देउवालाई समावेशिताको स्पीरिट सह्य भएको छैन ।

यसअघि नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रानामगरलाई हटाउन खोज्नु गलत कदम हुने बताउँदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने हाललाई उपसभामुखमाथि महाभियोग लगाउने या हटाउने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP