मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नाउपा अध्यक्ष कायम भएपछि ओलीको तस्बिरमुनि रञ्जिताको टीकटक

2.9K
SHARES
नाउपा अध्यक्ष कायम भएपछि ओलीको तस्बिरमुनि रञ्जिताको टीकटक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आधिकारिक अध्यक्षका रूपमा पद कायम भएपछि रञ्जिता श्रेष्ठ खुसीयालीमा डुब्न पुगेकी छन् । बुधबार निर्वाचन आयोगले सांसद लालवीर चौधरीलाई मान्यता नदिएर आफैंलाई आधिकारिक अध्यक्ष भनेपछि उनले सामाजिक सञ्जालमा खुसी प्रकट गरेकी हुन् ।

यो खुसी उनले विशेष ढंगले बाँडिन्— बुधबार साँझ टीकटकमा एउटा छोटो भिडियो बनाएर । भिडियोमा उनी आफूसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्बिरलाई पृष्ठभूमीमा राखेर देखिन्छिन् । यसमा उनले बलिउड फिल्म खामोशीको चर्चित गीत ‘आज मैं ऊपर, आसमां नीचे’ रोजेकी छन् । यो गीतमा कविता कृष्णमूर्तीको स्वर रहेको छ र ९० को दशकमा नाना पाटेकर, सलमान खान र मनिषा कोइरालाको अभिनयले यसलाई लोकप्रिय बनाएको थियो ।

रञ्जिताले रोजेको गीतको भाव र शब्दले उनको मनस्थितिसँग मेल खाने देखिन्छ— पद स्थायीत्वपछि आत्मसन्तुष्टि, आत्मगौरव र विजयको भाव । भिडियोमा उनको अनुहारमा आत्मविश्वास र हर्ष स्पष्ट देखिन्छ ।

राजनीतिक वृत्तमा यो टीकटकलाई केपी ओलीसँगको उनको राजनीतिक निकटताको संकेतका रूपमा पनि हेरिएको छ । नाउपा र एमालेबीच पछिल्ला महिनाहरूमा देखिएको सहकार्य र साझा राजनीतिक एजेन्डा यस दृश्यले झन् स्पष्ट पारेको टिप्पणी गरिन्छ ।

सामाजिक सञ्जालमा उनका समर्थकहरूले ‘नेतृत्वको जित’ भन्दै बधाई सन्देश पठाएका छन् भने केहीले यसलाई ‘राजनीतिमा मनोरञ्जनको स्पर्श’ भनेर हल्का ढंगले पनि लिएका छन्। जसरी रञ्जिताले विजयको भाव गीतमार्फत व्यक्त गरिन्, त्यसले उनको समर्थकवृत्तमा उत्साह थपेको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP