मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा जीप दुर्घटनाः एकको मृत्यु, एक घाइते

2.3K
SHARES
रामेछापमा जीप दुर्घटनाः एकको मृत्यु, एक घाइते

रामेछाप । रामेछापबाट खुर्कोट हुँदै हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मन्थली नगरपालिका–११ की ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । उनलाई सामुदायिक अस्पताल रामेछापमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

प्रहरीका अनुसार चौहान दम्पती आफ्नो छोरालाई भेट्न हेटौंडा जाँदै थिए । बिएससी ८४६३ नम्बरको जीप आइतबार बिहान मन्थली–६ कुनौरीमा सडकमा खसेको पहिरोका कारण सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP